सिंहदरबार पुनर्निर्माणका लागि मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने
फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ।-(40)-1758877911.jpg)
काठमाडौं, असोज १० : जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
गोदावरी नगरपालिकामा सम्पन्न बैठकले सिंहदरबार पुननिर्माणका लागि सो रकम सहयोग गर्न घोषणा गरेको हो।
बैठकले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ।
यस्तै, आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा पनि गरेको छ।
फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ।
यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, संवैधानिक शासन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यवद्धता जनाएको छ।
फोरमले राष्ट्रपतिद्वारा विषम परिस्थितिमा गरिएको पहलको पनि स्वागत गर्दै कृतज्ञता व्यक्त गरेको छ। बैठकमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू सहभागी थिए।












