जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह
मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ।
काठमाडौं, असोज १० : गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ।
गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ।
सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ।
सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)