दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक
विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।
चितवन, असोज १० : मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।
विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।
सडक खुलेसँगै चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार