जेनजीलाई लक्षित मतदाता नामावली संकलन सुरु
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन्।
काठमाडौं, असोज ९ : निर्वाचन आयोगले अध्यादेश मार्फत खुला गरिएको जेनजी लक्षित मतदाता नामावली संकलन सुरु गरेको छ।
आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरिएको बताएको छ।
जसअनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन्।
यस्तै, सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म नामावली दर्ता गर्न पाइने प्रबन्ध समेत गरिएको छ।
राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका जेनजी युवाहरूलाई लक्षित गर्दै नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन सरकारले बुधबार मात्रै अध्यादेश जारी गरेको थियो।
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)