Kathmandu Press

‘शासकीय प्रणालीको परिवर्तन सरकारको कार्यक्षेत्र भित्र पर्दैन’

‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वन गर्दछु,’ संवाधेनकाक्रममा कार्कीले भनिन्।
‘शासकीय प्रणालीको परिवर्तन सरकारको कार्यक्षेत्र भित्र पर्दैन’

काठमाडौं, असोज ९ : प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको बताएकी छन्। 

शासकीय प्रणालीको परिवर्तन आवश्यक परे संवैधानिक प्रक्रियाबाटै पछि संशोधन गर्न उनले आह्वान गरेकी छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले सरकारको मूल लक्ष्य चुनावमा केन्द्रित रहेको पनि बताइन्। 

‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वन गर्दछु,’ संवाधेनकाक्रममा कार्कीले भनिन्।

उनले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाइन्। 

‘भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ,’ कार्कीले भनिन्।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, असोज ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्