Kathmandu Press

पिथौरागडमा २५ नेपाली मजदूर अलपत्र

बाजुरा, जेठ २ : ज्याला मजदुरीको सिलसिलामा भारत गएका २५ जना कामदार भारतको पिथौरागडमा अलपत्र परेका छन्। कोरोना भाइरसको कारण भारतमा लकडाउन जारी भएपछि काम....

पिथौरागडमा २५ नेपाली मजदूर अलपत्र

बाजुरा, जेठ २ : ज्याला मजदुरीको सिलसिलामा भारत गएका २५ जना कामदार भारतको पिथौरागडमा अलपत्र परेका छन्। कोरोना भाइरसको कारण भारतमा लकडाउन जारी भएपछि काम नपाएर खान बस्न समस्या भएपछि बाजुराको बडीमालिका नगरपालिका १ का २५ जना नेपाली मजदुर अलपत्र  परेका छन्। घर मालिकले कोठाबाट निकालेपछि उनीहरु अलपत्र परेका हुन्।

कामको लागि पिथौरागड पुगेका उनीहरुलाई  मालिकले रातिको समयमा कोठाबाट निकालेको धनबहादुर कार्कीले जानकारी दिए।

Hardik ivf

मालिकले कोठाबाट निकालेपछि सडकमा बसिरहेका उनीहरुले नेपाल लैजान गुहार गरेका छन्। उनीहरुले बडीमालिका नगरपालिकालाई भाडा ऋण काडेर आफैँ तिर्ने र क्वारेन्टाइनमा बस्न तयार रहेको जानकारीसहित नेपाल लैजान अनुरोध गरेका छन्।

उनीहरुले पिथौरागडबाट नेपाल फर्किन सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्।

बडीमालिका नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर कार्कीले भने वडा पालिकाको बैठक बसेर भारतमा गएका वडाका स्थानीयको लगत संकलन गर्ने र उनीहरुलाई जिल्लामा क्वारेन्टाइनमा बसाउने सर्तमा ल्याउने पहल भएको बताए।

वडावासी अलपत्र परेको खबर आएपछि उनीहरुलाई जिल्लामा ल्याउने गरी नगरपालिकालाई सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। प्रशासनको निर्णय आएपछि बाँकी प्रक्रिया अघि बढाउने वडाध्यक्ष कार्कीको भनाइ छ।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्