Kathmandu Press

जापान जानेको लर्को : रातभरि कुर्दा पनि फाराम भर्न पाएनन्

काठमाडौं, फागुन २३ : बुटलवकी गंगा जोशी दूधे बालक बोकेर बुधबार रातिदेखि नै काठमाडौंको पानीपोखरी स्थित जापानी दुतावास अगाडि बसेकी थिइन् ।

जापान जानेको लर्को : रातभरि कुर्दा पनि फाराम भर्न पाएनन्
रिवाज राई

काठमाडौं, फागुन २३ : बुटलवकी गंगा जोशी दूधे बालक बोकेर बुधबार रातिदेखि नै काठमाडौंको पानीपोखरी स्थित जापानी दुतावास अगाडि बसेकी थिइन् ।

बिहीबार विहानै दूतावास अगाडि लाइन बस्ने र जापानी भाषा परीक्षाको फाराम भरेर घर फर्कने उनको योजना थियो । तर, बिहान १० बज्दा नबज्दै फाराम सकिएको घोषणा भयो । 

गंगा खिस्रिक्क परिन् । उनले काठमाडौं प्रेससँग भनिन्, ‘यति सानो बच्चा च्यापेर, यत्रो दुःख गरेर लाइन बस्दा पनि फाराम भर्न पाइएन ।’

Hardik ivf

जापानले आउँदो अप्रिलदेखि वर्किङ भिसामा नेपाली कामदार लैजाँदैछ । वर्किङ वा स्टुडेन्ट जे भिसामा जापान जान पनि आधारभूत जापानी भाषाको परीक्षा (लेभल ४) पास गर्नैपर्छ । 

जापानी दुतावासले बिहीबार यही भाषा परीक्षाको फाराम खुलाएको थियो । तर, अघिल्लो रातिदेखि नै दुतावास अगाडि जाग्राम बस्दा पनि धेरैले फाराम भर्नै पाएनन् । कति खिस्रिक्क परेर घर गए । कतिले दुतावासका कर्मचारीले चलखेल गरेर आफन्त र कन्सलटेन्सीलाई मात्रै फाराम बाँडेको भन्दै होहल्ला गरे । प्रहरीसँग घम्साघम्सी समेत भयो । 

जापान अहिले विदेश पढ्न जाने नेपाली युवाको प्रमुख गन्तव्य मध्ये एक हो । नेपालबाट बार्षिक २ हजार ५ सय भन्दा बढी विद्यार्थी जापान जाने गरेको सरकारी तथ्यांक छ ।

तर, जापान जानुअघि उनीहरूले जापानी भाषा सिकेर त्यसको परीक्षामा उतीर्ण भएको प्रमाणपत्र लिनुपर्छ । अरु बेला यस्तो परीक्षा दिन खासै गाह्रो हुँदैन । तर, किनकि कन्सल्टेन्सीहरूले पनि परीक्षाको व्यवस्था गर्छन् । तर, वर्किङ भिसाका लागि भाषा परीक्षाको फाराम दुतावासबाटै वितरण हुने भएकोले बिहीबार जापान जान चाहने नेपाली युवाको लामो लाइन लागेको थियो । 

विहान १० बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा फाराम खुल्छ भनेर आएका धेरै युवाहरू रित्तो हात फर्कनु पर्यो । तीन चार महिनासम्म नियमित जापानी भाषा पढेर फाराम भर्न आएकाहरू पनि खिस्रिक्क पर्दै घर फर्किए । 

जापानी दुतावासले अब अर्को खेपको फाराम आउँदो अक्टुबर महिनामा मात्रै वितरण गर्छ । 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, फागुन २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्