Kathmandu Press

गुल्मीमा विष सेवनबाट बालकको मृत्यु

गुल्मी, जेठ १ : विष सेवनको कारण धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ।  धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको ....

गुल्मीमा विष सेवनबाट बालकको मृत्यु

गुल्मी, जेठ १ : विष सेवनको कारण धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ।  धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।  

आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए।

विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो। 

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, जेठ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्