अस्पतालमा ठाउँ नभएपछि वीरगञ्जका १६ कोरोना संक्रमितलाई विद्यालयमा राखियो
काठमाडौं, जेठ १ : पर्साको वीरगञ्जमा कोरोनाको संक्रमण भेटिएका १६ जनलाई विद्यालयमा राखिएको छ।
कोरोना संक्रमितले वीरगञ्जस्थित नारायण....

काठमाडौं, जेठ १ : पर्साको वीरगञ्जमा कोरोनाको संक्रमण भेटिएका १६ जनलाई विद्यालयमा राखिएको छ।
कोरोना संक्रमितले वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि मंगलबार र बुधबार राति थपिएका १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको बताए।
नारायणी अस्पतालमा ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। नारायणी अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो।
नेपालभर अहिलेसम्म भेटिएका २४६ जना कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ। कोरोनालाई जितेर अहिलेसम्म देशभर ३५ जना घर फर्किएका छन्।











