सरकारलाई सर्वोच्चको आदेश- पीसीआर परीक्षणको दायरा तत्काल बढाउनू
काठमाडौं, जेठ १ : सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेक....

काठमाडौं, जेठ १ : सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आमनागरिकको जीवन गर्न पीसीआर परीक्षणको दायरा तत्काल बढाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
सर्वोच्चले कोरोना भाइरसको महामारी नियन्त्रणका गरेर आमनागरिकको जीवन रक्षा गर्नका लागि परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन पनि सरकारलाई सचेत हुन भनेको छ। यस्तै, सर्वोच्च्ले वपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थिति हुन पनि भनेको छ।
अधिवक्ता खत्रीसहितले कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए।











