Kathmandu Press

वडाध्यक्ष हिटलरको उर्दी : बाहिर गएका डेरावाललाई घरमा प्रवेश नदिनु 

काठमाडौं, जेठ १ : ललितपुर महानगरपालिका–६ का वडाध्यक्ष हिटलर शाक्यले वडा क्षेत्रका घरधनीलाई बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिने उर्दी जा....

वडाध्यक्ष हिटलरको उर्दी : बाहिर गएका डेरावाललाई घरमा प्रवेश नदिनु 

काठमाडौं, जेठ १ : ललितपुर महानगरपालिका–६ का वडाध्यक्ष हिटलर शाक्यले वडा क्षेत्रका घरधनीलाई बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिने उर्दी जारी गरेका छन्।

बिहीबार सूचना निकाल्दै शाक्यले वडा क्षेत्रमा भाडा लिएर बस्ने र लकडाउनको समयमा बाहिर जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिहरुलाई अर्को सूचना आउँदासम्म प्रवेश निषेध गरिएको जनाएका छन्। 

यस्तै, वडाका घरधनीहरुलाई आफ्ना भाडावालाहरु विभिन्न कारणले घर गएको अवस्थामा तत्काल फोनमार्फत सम्पर्क गरी घरमा प्रवेश नदिने व्यहोरा जानकारी गराउन भनेका छन्। वडाध्यक्षले जारी गरेको सूचना प्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरिरहेका छन्। 

यस्तो छ सूचनाः

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्