बर्दियाकाे क्वारेन्टाइनबाट युवती फरार
बर्दिया, जेठ १ : बर्दियाको मधुवन नगरपालिका–८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट एक युवती फरार भएकी छन्।
बिह....

बर्दिया, जेठ १ : बर्दियाको मधुवन नगरपालिका–८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट एक युवती फरार भएकी छन्।
बिहीबार बिहान उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए। डिउटीमा खटिएका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्।
विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन्। तीमध्ये चार पुरुष र एक महिला थिए। निज युवती पाँच दिनअघि मात्र बाँकेबाटआएकी हुन्।
प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार