Kathmandu Press

सेयर कारोबारमा दोहोरो अंकको बृद्धि

काठमाडौं, फागुन २३ : बुधवार ९.१२ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार बिहीबार १६.०१ अंकले बढेको छ । दोहोरो अंकले बढेको सेयर बजारको ११२७....

सेयर कारोबारमा दोहोरो अंकको बृद्धि

काठमाडौं, फागुन २३ : बुधवार ९.१२ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार बिहीबार १६.०१ अंकले बढेको छ । दोहोरो अंकले बढेको सेयर बजारको ११२७.७७ अंकमा पुगेको छ । आज अधिकांस समूहको सेयर बजार बढेको छ ।

आज कारोबार रकममा पनि बृद्धि भएको छ । २९ करोड ३९ लाख ३८ हजार दुई सय तीन रुपैयाँ बराबरको ११ लाख ६८ हजार तीन सय चार कित्ता सेयर कारोबार भएको छ । बुधबारको भन्दा १.४४ प्रतिशतले बजार बढेको हो ।

बुधबार पनि ९.१२ अंकले बढेको सेयर बजारमा २२ करोड ४६ लाख ६६ हजार एक सय २८ रुपैयाँ बराबरको आठ लाख २६ हजार १३ कित्ता सेयर कारोबार भएको थियो ।

बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । इन्स्योरेन्सको एक करोड ९९ लाख  २७ हजार एक सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको प्रतिकित्ता १११० मा कारोबार भएको छ ।

दोस्रोमा एनसीसी बैंकको कारोबार भएको छ । एनसीसीको बिहिबार एक करोड २८ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ ।

 

 

प्रकाशित मिति: २३:२२ बजे, बिहीबार, फागुन २३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्