आज ६ वर्षीया बालिकासहित दुई जनामा कोरोना पुष्टि*
काठमाडौं, जेठ १ : आज ६ वर्षीया बालिकासहित दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षण....

काठमाडौं, जेठ १ : आज ६ वर्षीया बालिकासहित दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार सङ्क्रमित पुष्टि भएका व्यक्तिहरुमा कपिलवस्तुकी ६ वर्षीय बालिका पनि छन्। उनी बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, काठमाडौंको चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण भएकाे पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए।
दुई जना थपिएसँगै काेराेना सङ्क्रमितको सङ्ख्या दुई सय ४५ पुगेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको जनाएको छ। सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।
कोरोना संक्रमितमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन्। अरुको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा पिसीआर विधिबाट २१ हजार एक सय २१ जनाको थ्रोट स्वाब परीक्षण गरेको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि स्वाब परीक्षण गरिने भएको छ।
*स्वास्थ्य मन्त्रालयले पाँच जनाकाे दाेहाेराे रिपाेर्टिङ भएकाे जनाउँदै आज दुई जना मात्रै थपिएकाे जनाएकाले सच्याइएकाे छ।











