सेयर समान्य १२ अंकले बढ्दा कारोबार रकम भने घट्यो
आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेको छ। फ्लोट इन्डेक्स १.१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेको छ।
काठमाडौं, भदौ १६ : केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ।
सोमबार नेप्से सामानय अंकले पनि कारोबारमा भने घटेको छ। आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको भएकोमा सोमबार ३२६ स्टकको ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेको छ। फ्लोट इन्डेक्स १.१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेको छ।
हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ६५९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.६८ प्रतिशतले घटेर २२१२.०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
विकास हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.८८ प्रतिशतले घटेर ५१५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर प्रतिकित्ता ८६५.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सोमबार नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्टक्चर र कुमारी बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।











