सुनको मूल्यमा तोलाकै २ लाख ५ हजार
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, भदौ १६ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ। केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ। आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो।
प्रकाशित मिति: १२:१४ बजे, सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
