Kathmandu Press

दोहारो अंकले घट्यो नेप्से

आइतबार ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ।
दोहारो अंकले घट्यो नेप्से

काठमाडौं, भदौ १५ : साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले घटेको छ। योसँगै नेप्से २७४९.८३ बिन्दुमा आएर बन्द भएको छ। 

आइतबार ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ।

Hardik ivf

आज सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ। फ्लोट इन्डेक्स २.३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८४ अंकले घटेको छ।

आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २३९६.०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ। आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्