Kathmandu Press

सुन र चाँदी दुवैको मूल्यले बनायो रेकर्ड

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुन र चाँदी दुवैको मूल्यले बनायो रेकर्ड

काठमाडौं, भदौ १५ : साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ। आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ। 

यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्