Kathmandu Press

तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो।
तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत

काठमाडौं, भदौ १४ : ६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो।

Hardik ivf

अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ। बैठकले संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजनाको मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा प्राप्त अटो सर्भिस इको–इन्डष्ट्रियल पार्क परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीसँग समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिएको छ।

यसैगरी, चालु आ.व. २०८२/८३ का लागि लगानी बोर्डको कार्यालयमा विभिन्न सेवा, समूह तथा श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
 

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्