Kathmandu Press

संवैधानिक अदालतको आदेशमा थाई प्रधानमन्त्री सिनावात्रा पदमुक्त 

थाइल्याण्डको संवैधानिक अदालतले सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गर्ने फैसला सुनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 
संवैधानिक अदालतको आदेशमा थाई प्रधानमन्त्री सिनावात्रा पदमुक्त 

काठमाडौं, भदौ १३ : थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा पदमुक्त भएकी छन्। 

सिनावात्रा कम्बोडियाका नेता हुन सेनसँग फोन कल गरेपछि विवादमा तानिएकी थिइन्। थाइल्याण्डको संवैधानिक अदालतले सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गर्ने फैसला सुनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

Hardik ivf

सिनावात्राले कम्बोडियाका नेता हुन सेनलाई टेलिफोन कलमा ‘अंकल’ भनेर सम्बोधन गरेको जनाइएको छ। 

उनी थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी थिइन्। फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले उनलाई जुलाइ १ मा निलम्बन गरेको थियो। 

उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको जनाइएको छ । सिनावात्राको अडिओ बाहिरिएको हप्तौंपछि दुई देशबीच तनाव समेत सिर्जना भएको थियो । एकअर्कामाथि हमला समेत भएका थिए । हमलाकाक्रममा मानिसको ज्यान समेत गएको थियो। 

थाइल्याण्डको नीति विपरित काम गरेको आरोप सिनावात्राविद्ध लागेको छ । सिनावात्राले थाइल्याण्डकै सैनिक कमाण्डरको समेत आलोचना गरेको भेटिएपछि चर्को विवादको रुप लिएको थियो। 

सिनावात्राले आफ्नो अभिव्यक्ति वार्ताको रणनीति रहेको उल्लेख गर्दै माफी समेत मागेकी थिइन् । विवादकाबीच सत्ता साझेदार एक प्रमुख पार्टीले गठबन्धन नै छोडेको थियो। 

सिनावात्रा १० महिनादेखि सत्तामा थिइन्। उनी सन् २००१ मा प्रधानमन्त्री निर्वाचित भएका थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन्। 
 

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्