क्वारेन्टाइनबाट भागे ८ भारतीय नागरिक
बर्दिया, वैशाख ३१ : बर्दियाको गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट आठ भारतीय नागरिक भागेका छ....

बर्दिया, वैशाख ३१ : बर्दियाको गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट आठ भारतीय नागरिक भागेका छन्। बुधबार बिहान शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भागेका हुन्।
वैशाख ९ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका उनीहरु भागेर भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ।
क्वारेन्टाइन सुरक्षामा नेपाल प्रहरी खटिएको भएपनि शौच गर्ने बहानामा एकै साथ भाग्नु रहस्यमय भएको स्थानीयले बताए।
क्वारेन्टाइनमा रहेको भारतीय भागेपछि व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:१७ बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











