Kathmandu Press

कोरोना जितेर फर्किइन् चितवनकी संक्रमित महिला 

चितवन, वैशाख ३१ : चितवनकी कोरोना संक्रमित महिला निको भएकी छन्। हालसम्म चितवनमा भेटिएका दुई संक्रमित दुवै जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्....

कोरोना जितेर फर्किइन् चितवनकी संक्रमित महिला 

चितवन, वैशाख ३१ : चितवनकी कोरोना संक्रमित महिला निको भएकी छन्। हालसम्म चितवनमा भेटिएका दुई संक्रमित दुवै जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित रहेका थिए। छोरो यसअघिनै निको भएर डिस्चार्ज भइसकेका थिए भने, आमा पनि बुधबार डिस्चार्ज भएकी हुन्।

महिलाको छैठौं र सातौं पटक स्वाब परीक्षण गर्दा लगातार नेगेटिभ नतिजा आएपछि डिस्चार्ज गरिएको हो। यसअघि वैशाख १३ गते उनका छोरा निको भएर डिस्चार्ज भएका थिए।

उनीहरुको भरतपुरस्थित सरकारी अस्पतालको आइसोलेसन वार्डमा राखिएर उपचार गरिएको थियो। संक्रमित रहेका दुबै जना निको भएपनि चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आवश्यक सावधानी अपनाइराख्न अपिल गरेको छ।

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्