Kathmandu Press

नरेन्द्र मोदी सत्तामा आएपछि नेपालीले हैरानी खेप्नुपरेको छ : सांसद विडारी

काठमाडौं, वैशाख ३१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि नेपालीलाई हैरान पा....

नरेन्द्र मोदी सत्तामा आएपछि नेपालीले हैरानी खेप्नुपरेको छ : सांसद विडारी

काठमाडौं, वैशाख ३१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि नेपालीलाई हैरान पारेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विडारीले संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई भारतीय प्रधानमन्त्री मोदीले हैरान पारेको बताएका हुन्। 

 ‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पार्‍यै गर्‍यो। यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने। यो गजबको भयो। कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिन्छन्। कहिले भूकम्पले थला पारेको नेपाललाई नाकाबन्दीको हैरानी बनाएर थप तहसनहस पार्न खोज्छन्, कहिले कोरोनाग्रस्त भएको बेलामा सीमानामा मनलाग्दी काम गरेको हल्लाखल्ला प्रचार गर्दै काम गर्छन्,’उनले भने 

उनले सीमा क्षेत्रलाई बलियो पार्न तारबार लगाउनुपर्ने र रातिमा करेन्ट छोड्नुपर्ने बताए।  साथै, राहत बाँड्ने नाममा मन्त्री सांसद र नेताहरु गाउँ-गाउँमा पुगेर मान्छे जम्मा गरेर कोरोना संक्रमण फैलाएको उनले आरोप लगाएका थिए।

 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्