Kathmandu Press

सिर्जना र रेश्मााको गीतमा मिथिला थालीमा तीज विशेष धमाका

बीबीसी मास्टर सेफ विजेता सन्तोष शाह र उनका दाजु सेफ दिलीप शाहले प्रस्तुत गरेका मिथिला परिकार—माछा, परम्परागत मिठाई, र अन्य रैथाने व्यञ्जनहरूले उपस्थितलाई स्वाद र साङ्गीतिक अनुभवसँगै नयाँ तीजको अनुभव दिएका थिए।
सिर्जना र रेश्मााको गीतमा मिथिला थालीमा तीज विशेष धमाका

काठमाडौँ, भदौ ११ : गैह्रिधारास्थित मिथिला थाली तथा जनकपुर फिस हाउसमा यस वर्षको तीज विशेष दर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सङ्गीत र मौलिक स्वादको संयोजनले उपस्थित सबैलाई मुग्ध बनाएको थियो । 

कलाकार सिर्जना खत्री र रेश्मा पुनले प्रस्तुत गरेको लाइभ गीतले कार्यक्रममा विशेष ऊर्जा भऱ्यो । कार्यक्रममा करिब २०० भन्दा बढी अतिथिहरू सहभागी थिए। बीबीसी मास्टर सेफ विजेता सन्तोष शाह र उनका दाजु सेफ दिलीप शाहले प्रस्तुत गरेका मिथिला परिकार—माछा, परम्परागत मिठाई, र अन्य रैथाने व्यञ्जनहरूले उपस्थितलाई स्वाद र साङ्गीतिक अनुभवसँगै नयाँ तीजको अनुभव दिएका थिए।

Hardik ivf

कार्यक्रममा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल, कलाकार उषा रजक, सविना काफ्ले, नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठ उपस्थित थिए। त्यस्तै, छिट्टै रिलिज हुन लागेको नेपाली चलचित्र गुन्यु चोलोको टोलीसहित कलाकार नाजिर हुसेन, पूर्व मिस नेपालहरू सुगारिका केसी, उषा खड्की, सदिच्छा श्रेष्ठ, साथै मोडल मिस पवि र मिस नेपाल इन्टरनेशनल करुणा राउतको सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

क्याच मसलासंगको समन्वयमा टुरिजम पाना, मिथिला थाली र जनकपुर फिस हाउसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा क्विज कन्टेस्ट र पुरस्कार वितरण समेत गरिएको थियो, जसले उपस्थितलाई थप मनोरञ्जन र उत्साह दिएको थियो।

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्