नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो
काठमाडौं, वैशाख ३१ : नेपालमा बाँके र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा....

काठमाडौं, वैशाख ३१ : नेपालमा बाँके र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा एक जना गरी दुई जनामा कोरोनाको संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-५ निवासी २२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज–८ निवासी ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।











