Kathmandu Press

कोरोना संक्रमितको संख्या पाँच दिनमै दोब्बर

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको संक्रमण नेपालमा पनि पछिल्लो केही सातायता तिव्ररुपमा बढेको छ। पाँच दिनमै संक्रमितको संख्या दोब्बर भएको छ।

कोरोना संक्रमितको संख्या पाँच दिनमै दोब्बर
स्वास्थ्य मन्त्रालय।

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको संक्रमण नेपालमा पनि पछिल्लो केही सातायता तिव्ररुपमा बढेको छ। पाँच दिनमै संक्रमितको संख्या दोब्बर भएको छ।

नेपालमा पहिलो संक्रमण गत माघ १० गते देखिएको थियो। संक्रमण देखिएका युवक चीनको वुहानबाट आएका थिए।त्यसको दुई महीनापछि गत चैत १० गते दोस्रो संक्रमण देखिएको थियो। फ्रान्सबाट आएकी युवतीमा कोरोना देखिएको थियो।

कोरोना संक्रमितको संख्या दोहोरो अंकमा पुग्न झन्डै दुई साता लाग्यो। गत चैत ३० गते वीरगञ्जमा संक्रमण देखिएको थियो। र, नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको थियो।त्यो संख्या दोब्बर हुन झन्डै एक साता लाग्यो। एकै दिन १४ जनामा संक्रमण देखिएपछि वैशाख ५ गते संक्रमितको संख्या ३० पुगेको थियो।

त्यसयता भने संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। त्यसको नौ दिनपछि वैशाख १४ गते संक्रमितको संख्या ५२ पुगेको थियो।

संक्रमितको संख्या तेहरो अंकमा पुग्न पनि धेरै समय लागेन्। त्यसको ११ दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, वैशाख २५ गते संक्रमितको संख्या एक सय एक पुगेको थियो।

यो संख्या भने अघिल्लो भन्दा छिटो दोब्बर भयो। यसको पाँच दिनमै दोब्बर हुँदा वैशाख ३० गते संक्रमितको संख्या दुई सय १७ पुगेको छ। यो नेपालमा सबैभन्दा छिटो दोब्बर भएको संख्या हो। भारतमा संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसँगै त्यहाँ रहेका नेपाली फर्किन थालेका छन्।

तर, सरकारले नाका बन्द गरेका कारण उनीहरु लुकिपिछी स्वदेश फर्किरहेका छन्। यसले गर्दा पनि संक्रमण बढ्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

गत चार महीनाको अवधिमा पीसीआर बिधिबाट १८ हजार सात सय ७३ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ। विश्व स्वास्थ्य संगठनले परीक्षण बढाउन सुझाउदै आएको भएपनि नेपालमा परीक्षणको गति सुस्त रहेको छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्