Kathmandu Press

विद्युत प्राधिकरणको कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, वैशाख ३१ : नेपाल विद्युत्त प्राधिकरणका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। नक्कली प्रमाणपत्रको आधारमा प्राधिकरणमा कार्यरत र....

विद्युत प्राधिकरणको कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, वैशाख ३१ : नेपाल विद्युत्त प्राधिकरणका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। नक्कली प्रमाणपत्रको आधारमा प्राधिकरणमा कार्यरत रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसारण ग्रिड महाशाखा हेटौंडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध मुद्दा दायर गरेको हो।

शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अनुसन्धानको क्रममा उनले ५ र ८ कक्षाको प्रमाणपत्र नक्कली पेश गरेको आरोपपत्रमा उल्लेख छ।  

पुडासैनीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ विपरीतको कार्य भएको  अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्