Kathmandu Press

राष्ट्रियसभा बैठक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, वैशाख ३१ : राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियो....

राष्ट्रियसभा बैठक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
स‌ंकेतिक तस्बिर

काठमाडौं, वैशाख ३१ : राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

आजकै बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तुत गरेको उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठायोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो 

यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे। राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ २ गते साँझ ६ बजे बस्नेछ। 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्