Kathmandu Press

बाजुराको १७ महिने बालकमा कालाजार

बाजुरा, वैशाख ३१ : देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका ५ गोत्रीका एक बालकलाई कालाजा....

बाजुराको १७ महिने बालकमा कालाजार
प्रतिकात्मक तस्बिर

बाजुरा, वैशाख ३१ : देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो।

पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले जानकारी दिए।

Hardik ivf

करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए। बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ।

बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी सिफारिस गरिएको हो। कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुनसक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाउँगाउँमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञले बताएका छन्। 

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्