Kathmandu Press

चरित्रहत्या गरेको आरोपमा तीन युवा पक्राउ

गोरखा, वैशाख ३१ : महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्। जिल्लाको सिरानचोक गाउँपालिका–१ के....

चरित्रहत्या गरेको आरोपमा तीन युवा पक्राउ

गोरखा, वैशाख ३१ : महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्। जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

पक्राउ परेकाहरुले सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उनको भनाइ छ। उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्