Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठान सिल

ललितपुर, वैशाख ३१ : एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल गरिएको छ।

बुधबार बिहानदेखि आर....

कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठान सिल

ललितपुर, वैशाख ३१ : एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल गरिएको छ।

बुधबार बिहानदेखि आरोग्य प्रतिष्ठान सिल गरिएको महानगरीय परिसर ललितपुरले जनाएको छ। मंगलबार काठमाडौंको एक र भक्तपुरको दुई जनामा कोरोना देखिएको थियो। भक्तपुरमा कोरोना देखिएकी युवती आरोग्य प्रतिष्ठानकी कर्मचारी भएको खुलेपछि सिल गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार, उनी तीन दिन अघि सुनसरीबाट आएकी थिइन्। उनलाई लिन प्रतिष्ठानको गाडी गएको थियो।

संक्रमित युवतीलाई शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताल, टेकुमा भर्ना गरिएको छ। उनको अस्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

अब आरोग्य प्रतिष्ठानका सबै कर्मचारीको कोरोना परीक्षण गरिने जनाएको छ। त्यस्तै, तीन दिनयता त्यहाँ उपचारमा आएको बिरामीको पनि कोरोना परीक्षण गरिने भएको छ। आरोग्य प्रतिष्ठानमा मिर्गौला रोगीको उपचार हुने गरेको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्