Kathmandu Press

भारतमा एकै दिन साढे तीन हजार संक्रमित थपिए

काठमाडौं, वैशाख ३१ : छिमेकी राष्ट्रमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ। एकै दिन साढे तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारत....

भारतमा एकै दिन साढे तीन हजार संक्रमित थपिए

काठमाडौं, वैशाख ३१ : छिमेकी राष्ट्रमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ। एकै दिन साढे तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा तीन हजार पाँच सय २५ जनामा कोरोना देखिएको छ। योसँगै भारतमा संक्रमितको संख्या ७४ हजार चार सय ८० पुगेको छ।

जसमध्ये दुई हजार चार सय १५ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म २२ हजार चार सय ५४ जना निको भएका छन्।

अहिले भारतले दैनिक एक लाख जनाको परीक्षण गर्ने लक्ष्य राखेको छ। मंगलबार ८४ हजारको परीक्षण गरिएको थियो।

भारतमा तीन सय ४७ वटा सरकारी र एक सय ३७ वटा निजी प्रयोगशालामा कोरोनाको परीक्षण भइरहेको छ। बुधबारसम्म १७ लाख ६२ हजार आठ सय ४० जनाको परीक्षण गरिसकेको छ।

अहिलेसम्म सबैभन्दा बढी महराष्ट्रमा २४ हजार चार सय २७ जनामा कोरोना देखिएको छ। त्यस्तै, गुजरातमा आठ हजार नौ सय तीन, तमिलनाडुमा आठ हजार सात सय १८, दिल्लीमा सात हजार ६ सय ३९ र राजसस्थानमा चार हजार एक सय २६ मा कोरोना देखिएको छ।

त्यस्तै, नेपालसँग जोडिएका राज्य उत्तर प्रदेशमा तीन हजार ६ सय ६४, पश्चिम बंगालमा दुई हजार एक सय ७३, बिहारमा आठ सय ३१ र उत्तराखण्डमा ६९ जनामा कोरोना देखिएको छ।

 

प्रकाशित मिति: १०:५० बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्