Kathmandu Press

कोरोनाको संक्रमण बढेको भन्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, वैशाख ३१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ। 

बुधबार बिहान ११ बजेका लागि बोला....

कोरोनाको संक्रमण बढेको भन्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, वैशाख ३१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ। 

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘भीआईपीकै सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिन थालेकाले त्यसलाई मध्यनजर गरेर बैठक स्थगित गरिएको हा,’ प्रवक्ता श्रेष्ठले काठमाडौंप्रेससँग भने,‘अर्को बैठक कहिले बस्छ भन्ने निश्चित भएको छैन।’

सांसदहरुको कोरोना परीक्षण गरिएपनि सांसद नरहेका कतिपय स्थायी कमिटीका सदस्यको परीक्षण नभएकाले बैठक तत्कालका लागि स्थगित भएको पनि उनले बताए। 

यसअघि मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पूर्वगृहमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी जवानमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: ०९:५४ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्