छाङरुमा बिओपी राख्न काठमाडौंबाट सशस्त्र टोली प्रस्थान
काठमाडौं, वैशाख ३१ : दार्चुलाको कालापानी आसपासको सीमा सुरक्षाका लागि काठमाडौंबाट आज सशस्त्र प्रहरी बलको टोली प्रस्थान गरेको छ।
दार्चुलाको व्....

काठमाडौं, वैशाख ३१ : दार्चुलाको कालापानी आसपासको सीमा सुरक्षाका लागि काठमाडौंबाट आज सशस्त्र प्रहरी बलको टोली प्रस्थान गरेको छ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गरेको हो। भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको हो। आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पु¥याउने छ।
केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो। सीमा सुरक्षाका लागि त्यस क्षेत्रमा सशस्त्रको टोली पठाइएको हो।
सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नं. गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आजै त्यसतर्फ गएको छ।
सरकारले गत मंसिरमा नै छाङरुमा बिओपी राख्ने निर्णय गरेको गरेको थियो। तर, अहिलेसम्म स्थापना हुन सकेको थिएन।
तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो। मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो।
त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले बताए।
काठमाडौंबाट सशस्त्र प्रहरीको टोलीसँगै गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा पनि गएका छन्।











