Kathmandu Press

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज  बस्ने 

काठमाडौं, वैशाख ३१ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। आज पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे ब....

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज  बस्ने 

काठमाडौं, वैशाख ३१ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। आज पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक स्थायी कमिटी बोलाएको छ ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो।

सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्। यसअघि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो।

प्रकाशित मिति: ०८:३५ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्