Kathmandu Press

नेपालका २२ जिल्लामा पुग्यो कोरोना संक्रमण

काठमाडौँ, वैशाख ३१ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । हिजो (मंगलबार) एकै दिन....

नेपालका २२ जिल्लामा पुग्यो कोरोना संक्रमण

काठमाडौँ, वैशाख ३१ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबाट संक्रमितमध्ये ३३ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन् । पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगको छ। त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन्।

यस्तै, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन ८३ संंक्रमित फेला परेसँगै केही खुकुलो भएको काठमाडौँको लकडाउन पुनः भोलि बिहीबारबाट कडा हुने भएको छ ।

सरकारले भोलिदेखि लागु हुनेगरी एक जिल्लाबाट अर्को जिल्लमा जानका लागि दिएका सबै पास रद्ध गरेको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्