Kathmandu Press

उपत्यकामा भेटिएका तीन संक्रमित लकडाउनको समयमा काठमाडौं छिरेको खुलासा 

काठमाडौं, वैशाख ३१ : उपत्यकामा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनमा काठमाडौं भित्रेको खुलेको छ । जसमध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगर....

उपत्यकामा भेटिएका तीन संक्रमित लकडाउनको समयमा काठमाडौं छिरेको खुलासा 

काठमाडौं, वैशाख ३१ : उपत्यकामा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनमा काठमाडौं भित्रेको खुलेको छ । जसमध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला रहेका छन् ।

काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ। लकडाउन अगाबै कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।

काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएकी हुन् ।

उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएको र काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई  अहिले टेकु अस्पताल लगिएको छ। भक्तपुरकै अर्का संक्रमित  २७ वर्षिय पुरुष पनि तराईबाट आएको स्रोतले जनायो । उनी केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए।

प्रकाशित मिति: ०७:२३ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्