Kathmandu Press

साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ 

काठमाडौं, वैशाख ३१ : साउदी अरबमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकार....

साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ 

काठमाडौं, वैशाख ३१ : साउदी अरबमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो । सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ।

संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् । साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्