रुपन्देहीका पहिलो कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, वैशाख ३० : रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भएका छन्। कोटहिमाई गाउँपालिका १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज ग....

काठमाडौं, वैशाख ३० : रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भएका छन्। कोटहिमाई गाउँपालिका १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।
उनको शुक्रबार र सोमबार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











