Kathmandu Press

संक्रमितको संख्या बढेसँगै बारामा निषेधाज्ञा जारी

बारा, वैशाख ३० : बारामा कोरोना संक्रमितको संख्यामा बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ। बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर....

संक्रमितको संख्या बढेसँगै बारामा निषेधाज्ञा जारी

बारा, वैशाख ३० : बारामा कोरोना संक्रमितको संख्यामा बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ। बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर्दा वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो।

मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत बुधबारदेखि बन्द गर्ने निर्णय गरेको छ।

बैठकले भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। साथै, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, वैशाख ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्