Kathmandu Press

कोहलपुर नगरपालिकाका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बाँके, वैशाख ३० : बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। पहिलो पटक कोहलप....

कोहलपुर नगरपालिकाका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बाँके, वैशाख ३० : बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए। 

कोहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको थियो। स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको समूहले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाब संकलन गरेका थिए। 

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्