Kathmandu Press

लकडाउनको समयमा दुई सय ३१ महिला तथा बालिकामाथि हिंसा

काठमाडौं, वैशाख ३० : लकडाउनको समयमा २४ जिल्लामा दुई सय ३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले अ....

लकडाउनको समयमा दुई सय ३१ महिला तथा बालिकामाथि हिंसा

काठमाडौं, वैशाख ३० : लकडाउनको समयमा २४ जिल्लामा दुई सय ३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले अभिलेखीकरण गरेको छ। नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ।  

यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात बलात्कारको प्रयास, १० यौन दुर्व्यवहार, दुई हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आत्महत्या, दुई आत्महत्याको प्रयास, दुई हत्याको प्रयासका घटना र चार साइबर अपराधसँग सम्बन्धित रहेका छन्। घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ प्रेमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ।  

पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका रहेका छन्। यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन्। १६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएका छन्।

संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर÷आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन्। ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट संकलन गरिएको ओरेकले जनाएका छ।

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्