Kathmandu Press

अमेरिकामा बस्ने नेपालीको कीर्तिपुर नगरपालिकालाई सहयोग

काठमाडौं, वैशाख ३० : काठमाडौंको कीर्तिपुर घर भएका अमेरिकामा बसोबास गर्ने नेपालीले कीर्तिपुर नगरपालिकालाई सहयोग गरेका छन्।

उनीहरुले कोरोना भा....

अमेरिकामा बस्ने नेपालीको कीर्तिपुर नगरपालिकालाई सहयोग

काठमाडौं, वैशाख ३० : काठमाडौंको कीर्तिपुर घर भएका अमेरिकामा बसोबास गर्ने नेपालीले कीर्तिपुर नगरपालिकालाई सहयोग गरेका छन्।

उनीहरुले कोरोना भाइरससँग लड्न नगरपालिकालाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन्। उनीहरुले अमेरिकामा संकलन गरेर पठाएको रकम कीर्तिपुर४ का वडाध्यक्ष राजेन्द्र बानियाँले नगरपालिकालाई हस्तानतरण गरेका छन्। वडाध्यक्ष बानियाँले उक्त रकम मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कालाई हस्तान्तरण गरेका हुन्।

अमेरिकाको क्यालिफोर्नियाका गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष पूर्णचन्द्र बानियाँको संयोजकत्वमा रकम संकलन गरिएको उनले बताए। वडाध्यक्ष बानियाँका अनुसार, ३७ जनाले पैसा संकलन गरेर पठाएका हुन्।

उनीहरुले नगरपालिकाका लागि दुई लाख, असहाय तथा मजदुरलाई खाना खुवाउन ५० हजार र सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्कलगायतका सामानका लागि आड हजार पठाएको अध्यक्ष बानियाँले बताए।

उनीहरुले कीर्तिपुर४ का लागि रकम संकलन गरेको भएपनि सरकारको एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीतिअनुसार, नगरपालिकालाई हस्तान्तरण गरेको उनको भनाइ छ।

 

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, वैशाख ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्