Kathmandu Press

प्युठानका एघार जनामा एन्टिबडी पोजेटिभ

प्युठान, वैशाख ३० : प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ। क्व....

प्युठानका एघार जनामा एन्टिबडी पोजेटिभ
फाइल फोटो

प्युठान, वैशाख ३० : प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ। क्वारेन्टाइनमा रहेका २९ जनाको एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाहरुको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो। उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए। 
आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्