जिल्ला अस्पताल कपिलबस्तुमा कार्यरत स्टार्फनर्समा कोरोना संक्रमण पुष्टि
काठमाडौं, वैशाख ३० : कपिलबस्तुको एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया महिला स्टाफ नर्समा कोर....

काठमाडौं, वैशाख ३० : कपिलबस्तुको एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया महिला स्टाफ नर्समा कोरोना संक्रमण भएको पाइएको हो।
कपिलबस्तुमा आज संक्रमण पुष्टि भएका आठमध्ये एक जना जिल्ला अस्पताल कपिलबस्तु (तौलिहवा)मा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।
तौलिहवा घर भएकी उनी घरैबाट अस्पताल जाने आउने गरेकी थिइन्। उनमा संक्रमण पुष्टि भएसँगै अस्पतालका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।
कपिलबस्तुका २९ संक्रमित मध्ये २८ जना भारतबाट आएका हुन भने उनीमात्र स्थानीय संक्रमित हुन्।
प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











