उपराष्ट्रपति पुनको स्वाबको नमूना संकलन
काठमाडौं, वैशाख ३० : संघीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनु अघि काेराेना परीक्षण गर्न उपराष्ट्रपति नन्दब....

काठमाडौं, वैशाख ३० : संघीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनु अघि काेराेना परीक्षण गर्न उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ।
संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











