Kathmandu Press

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

चितवन, वैशाख ३० : जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ। कार्यालयले ०५६&n....

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी
Hardik ivf

चितवन, वैशाख ३० : जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ। कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो। 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो। उनले भने, 'सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ।' घरेलु हिंसा, यौन दुर्व्यवहार, लागुऔषध दुर्व्यसनीसँगै विभिन्नखालका ठूला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ। 

कलरआइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ। चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन्। कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पुर्‍याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ।

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्