माइतीघरबाट विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवा पक्राउ
काठमाडौं, वैशाख ३० : माइतीघरमा प्रदर्शनको तयारीमा रहेका विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ।....

काठमाडौं, वैशाख ३० : माइतीघरमा प्रदर्शनको तयारीमा रहेका विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपाली भूमि अतिक्रमण गर्दै सडक निमार्ण गरेको विरोधमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको हो।
नेतृ दर्शनाको नेतृत्वमा युवाहरु पम्प्लेटसहित नाराबाजी गर्न जम्मा हुँदै गर्दा प्रहरीले पक्राउ गरेको प्रदर्शनमा संलग्न युवकले बताए। सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारीमै रहँदा प्रहरीले धरपकड गरेको उनले बताए।
पक्राउ परेका सबै युवालाई नेपाल पुलिस क्लबमा राखिएको छ।
प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











