Kathmandu Press

मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

९२ जना उपस्थित प्रदेशसभा बैठकमा उनको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा विपक्षमा २२ मत परेको छ।
मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मकवानपुर, साउन २७ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन्। मंगलबार साँझ बसेको प्रदेशसभा बैठकबाट उनले विश्वापको पाएका हुन्।

९२ जना उपस्थित प्रदेशसभा बैठकमा उनको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा विपक्षमा २२ मत परेको छ।

बानियाँलाई विश्वासको मत दिन कांग्रेस र एमाले दुवैले ह्विप लगाएका थिए। 

मुख्यमन्त्री बनेको एक साता नबित्दै बानियाँले विश्वासको मत लिएका हुन्। कांग्रेसकै बहादुरसिंह लामालाई विश्वासको प्रस्तावबाट हटाउँदै उनी साउन २० गते मुख्यमन्त्री बनेका थिए।

पार्टीभित्रकै विवादका कारण उनले मन्त्रिपरिषद् भने विस्तार गर्न सकेकका छैनन्। 

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्