लामा समूहले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने
लामाले आफ्ना समूहका सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त विश्वासको मत लिइसकेपछि कार्यान्वयन गर्ने प्रतिवद्धता आएपछि बानियाँलाई लामा समूहले विश्वासको मत दिने भएको जनाइएको छ।
काठमाडौं, साउन २७ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने सहमती जुटेको छ।
कांग्रेस संसदीय दलको बैठकमा बानियाँलाई विश्वासको मत दिने सहमति बनेको हो।
लामाले आफ्ना समूहका सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त विश्वासको मत लिइसकेपछि कार्यान्वयन गर्ने प्रतिवद्धता आएपछि बानियाँलाई लामा समूहले विश्वासको मत दिने भएको जनाइएको छ।
बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् भने एमालेका २७ सदस्य छन् । विश्वासको मतका लागि ५६ प्रदेशसभा सदस्यको समर्थन भए पुग्छ।
प्रकाशित मिति: १९:०० बजे, मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)






-1764760320.jpg)